६९ किलो गाँजासहित तीन पक्राउ


सिन्धुली – सिन्धुली प्रहरीले ठूलो परिमाणमा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । बाहिर निकासीका लागि लैजाँदै गर्दा सोमबार राति ६९ किलो गाँजासहित कमलामाइ नगरपालिका ४ को खहरेबाट तीन जनालाई पक्राउ गरिएको डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

उनका अनुसार मरिण गाउँपालिका–७ देबसराका बहादुर गोलेलाई ३२ दशमलब २३२ किलो, कमलामाई नगरपालिका–१ खहरेखोलाका कालु ब्लोनलाई २० दशमलब ३४ किलो र कृष्णबहादुर ब्लोनलाई १६ दशमलब २७ किलो गाँजासहित पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १३ प्याकेट गाँजा बरामद गरिएको डिएसपी लामाले बताए । तीनै जनालाई लागूऔषध ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया