सिन्धुपाल्चाेकमा यात्रुवाहक बस दुर्घटना, २ जना गम्भीर घाइते


सिन्धुपाल्चाेक – काठमाडौंबाट सिन्धुपाल्चाेककाे सिपाबडहरे जाँदै गरेको यात्रुवाहक गाडी इन्द्रावती बगरमा दुर्घटना भएको छ । हेलम्बु यातायातको बा २ ख ६५८८ नम्बरको गाडी दुर्घटना भएको र दुर्घटनामा परि २ जना गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइतेलाई थप उपचारकाे लागि काठमाडौं रिफर गरिएको र सामान्य घाइतेहरुको बोटगाउँ मेडिकलमा उपचार भैरहेको इन्द्रावती ११ का वडाध्यक्ष मने माझीले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया