‘कम्युनिष्ट पार्टीका दुईतिहाइ सांसद भए पनि गतिलो काम हुन सकेन’

काठमाडाैं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारमा कम्युनिष्ट पार्टीका झण्डै दुईतिहाइ सांसद भए पनि गतिलो काम हुन नसकेको बताएका छन्

चितवनमा पार्टीको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारमा गठबन्धनको भविष्य अन्योल रहेको समेत खुलासा गरे ।

उनले भने, ‘अहिले हामी यो गठबन्धनमा छौं । सरकारमा कम्युनिष्ट पार्टीका झण्डै दुईतिहाइ सांसद भए पनि केही गतिलो काम हुन सकेको छैन । अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन । त्यसैले मनको चैन भइराख्या छैन ।’

उनले विगतमा गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको बताए । एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *